काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दम्पत्ती दसैँको टीका थप्न शीतल निवास पुगेका छन् । ओली दम्पतीले राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका थाप्न शितल निवास पुगेका हुन्।
गृह जिल्ला झापामा बिहान ११ बजेर ५१ मिनेटको शुभ साइतमा ९१ वर्षीय पिता मोहनप्रसाद ओली र बढीआमा (ठुलीआमा) हरिमाया ओलीको हातबाट ग्रहण गरेपछि ओली राष्ट्रपतिको हातबाट टीका थप्न शीतल निवास पुगेका थिए ।

