KhabarUjyalo

भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् टीका

१९ आश्विन २०७९, बुधबार
भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् टीका

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गर्नुभएन । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाउनुभएको र अरुलाई पनि टीका नलगाइदिनुभएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाईदिनुभएको हो ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo