
धनगढी : धनगढीमा टाटा मोटर्सको नयाँ शोरूम उद्घाटन गरेको छ।
टाटाको सुदूरपश्चिम आधिकारिक डिलर धनगढीको बोराडाँडीमा रहेको जी.ए.आर.एस ट्रेडिंग कन्सर्नलाई चयन गर्दै नयाँ शोरुम उद्घाटन गरिएको छ ।
मंगलबार आयोजित उद्घाटन समारोहमा नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.का सिनियर डिलर म्यानेजर मेघ राज ढुंगेल र जी.ए.आर.एस ट्रेडिंग कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेयले संयुक्त रूपमा शोरूम समुद्घाटन गरे ।

उद्घाटन कार्यक्रममा व्यवसायी, समाजसेवी र ग्राहकहरूको उपस्थिति थियो।
नयाँ शोरूम धनगढीको बोराडाँडीमा रहेको जी.ए.आर.एस ट्रेडिंग कन्सर्नमार्फत सुदूरपश्चिमका ग्राहकहरूले टाटा मोटर्सका विद्युतीय मोडलहरू- टियागो ईभी, पञ्च ईभी, नेक्सन के३ ईभी र कर्भ ईभी सजिलै खरिद गर्न सक्नेछन्। त्यस्तै, आईसीई मोडलहरू अन्तर्गत टियागो, पञ्च, नेक्सन र सफारी पनि शोरुममा उपलब्ध हुनेछन्।
कम्पनीले आकर्षक फाइनान्स सुविधा, सहज बीमा योजना, गुणस्तरीय सर्भिसिङ, भरपर्दो आफ्टर-सेल्स सेवा र ब्याट्री डायग्नोस्टिक रेस्टोरेसन सुविधा पनि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
धनगढी शोरूमको उद्घाटनले सुदूरपश्चिमका टाटा मोटर्सका ग्राहकलाई प्रभावकारी सेवा दिन उत्साहित रहेको कन्सर्नका प्रबन्ध निर्देशक अशोक पाण्डेयले बताएका छन् ।
टाटा मोटर्स विश्व बजारमा लोकप्रिय रूपमा मानिन्छ ।
