KhabarUjyalo

कञ्चनपुरमा प्रेमिको मृत्युपछि प्रेमिकाले पनि गरिन् आत्महत्या, ‘लभ यु बेबी रोकेर बस्नु….’

१२ आश्विन २०८०, शुक्रबार
कञ्चनपुरमा प्रेमिको मृत्युपछि प्रेमिकाले पनि गरिन् आत्महत्या, ‘लभ यु बेबी रोकेर बस्नु….’

कञ्चनपुर : प्रेममा एक अर्काका लागि ज्यान दिएको दुनियाँमा प्रसस्तै उदाहरण छन् । प्रेमकै कारण आत्महत्यासम्मकै घटना पनि हुने गरेका छन् । यस्तै दुःखद घटना भएको छ कञ्चनपुरमा ।

शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा प्रेमी र प्रेमिकाले आत्महत्या गरेका छन् ।

शुरुमा प्रेमी कञ्चनपुरको भिमदत्त नगरपालिका ७ सुडाका खगेन्द्र जागरीले औषधि सेवन गरि आत्महत्या गरेका थिए । प्रेमीको मृत्यु भएको एक घण्टापछी प्रेमिका कञ्चनपुर दोधरा चादनी ८ कि हेमा खड्काले महेन्द्रनगरमा कोठामा पन्खामा झुन्डिएर आत्महत्या गरेकी हुन् ।

उनीहरु प्रेम सम्बन्धमा रहेको उनीहरुका साथीहरुले बताएका छन् । प्रेमी जागरीको मृत्युपछि वियोग खप्न नसेकेर प्रेमिकाले पनि आत्महत्याको मृतक हेमा खडकाको फेसबुक स्टाटसबाट थाहा हुन्छ ।

प्रेमीको मृत्यु भएपछि खडकाले फेसबुकमा मेरो साथ कहिलै नछोड्नु होला है मिस यु भनेकी थिइन् ।

त्यसपछि आत्महत्या गर्नु अघि खड्काले ‘लभ यु बेबी रोकेर बस्नु म पनि आउन्छु’ भनी सामाजिक संजालमा पोस्ट गरेकी  थिइन् । थप कारण अझै नखुलेको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo