KhabarUjyalo

बैतडीमा सशस्त्र प्रहरी हवलदारको ज्यान लिने बस र चालक प्रहरी नियन्त्रणमा

१० आश्विन २०८०, बुधबार
बैतडीमा सशस्त्र प्रहरी हवलदारको ज्यान लिने बस र चालक प्रहरी नियन्त्रणमा

बैतडी : बैतडीमा सशस्त्र प्रहरी हवलदारलाई ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गएराति १ बजेतिर दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ८ हरिचन मोडमा बसले ठक्कर दिँदा पाटन ८ हरिचनका ४० बर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको छ । उनी सशस्त्र प्रहरी बाजुरमा हवलदार पदमा कार्यरत रहेका थिए ।

बाजुराबाट घर आइरहेका महरा खोड्पेमा गाडीबाट झरेपछि पैदल घरतर्फ आइरहेका बेला सुदूरपश्चिम यातायातको ना ८ ख ७९७० नम्बरको बसले उनलाई ठक्कर दिएको हो । बसको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले बताए ।

धनगढीबाट दार्चुलातर्फ आएको गाडीले महरालाई ठक्कर दिएको थियो । बस र बसका चालक कञ्चनपुरको पुनर्वास नगरपालिका १ घर भएका जनकराज गिरीलाई खोचलेकबाट नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक गिरीले बताए ।

घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo