सुन्दर सुदूर पश्चिम – जिल्ला डडेल्धुरा ।
प्रसिद्ध छ देवस्थल – लेक गन्यापधुरा ।
गन्यापधुरा गाउँपालिका – वडानम्बर चार ।
शान्त र पवित्र ठाउँ – गन्याप शिखर ।
ठूलो छ पखान त्यहाँ – मुर्ति सरपको ।
मुर्तिकारले नबनाई – प्रकट भएको ।
भट्ट हुन बाह्मण त्यहाँ – धामी रुमाइलका ।
पूजागर्ने पुजारी हुन – ब्राह्मण रेलका ।
मालीगाउँ र रुमाइलको – देउरो भेट हुन्छ ।
त्यस पछी तसै ठाउँमा – ठकाउनी हानिन्छ ।
मुख्य देउरो रुमाइलको – छात र डोलीमा ।
बाजा घन्काएर आउँछ – साँझ शिखरमा ।
तै देउरा स्वागत गर्छ – खेल जैसेराको ।
डोलीमा आउने गर्छ – देउरो रेलको ।
दिउँसै पुगने गर्छ – देउरो जैसेराको ।
ढोल भोकर का साथ – बजाउने जोलाको ।
भुमद्यौली, मसानी, दुर्गा- बन्डोरा है आउछ ।
मसानी सब भन्दा पैला – खला खेल्न पाउँछ ।
तैठाउँमा पुगेका बेला – मन हुन्छ खुशी ।
श्रध्दाले दर्शन गरे – क्वै हुदैन दुःशी ।
भाद्र शुक्ल चतुदर्शी – गन्याप पुजिन्छ ।
घुमारी चइत खेली – जयकार गरिन्छ ।
तै दिन बिहानै देखी – रुद्रि पाठ गर्छन् ।
कोई पाठ आफै गछन् – कोई गराउँछन्
गणा नान्त्वा गणपति – पाठ सुरु हुन्छ
पृथ्विको शान्ति भन्दै – पाठ सकि जान्छ ।
भजन किर्तन हुन्छ – डेउडा खेलिन्छ ।
रातभरि देवताको – गुणगान गाइन्छ ।
बाजाको तालमा धामी – चौघाई खेख्छन् ।
उपस्यारू तिरथालु – रमिता हेर्छन् ।
नाई धोई गन्यापका धामी – बस्छन विणामा ।
गन्याप अवतार हुन्छ – ब्रह्म मुहुर्तमा ।
उपस्यारू थिरथालु – दर्शन गर्न आउँछन ।
श्रद्धा र भक्ति गरि – वर माग्ने गर्छन् ।
श्रद्धा र विश्वास गरे – वर पूरा मिल्छ।
मनले मागेको कुरा – गन्यापले दिन्छ ।
धन्य गन्याप की जाँत – धन्य हुन भोकर ।
भोकर बजने बेला – कम्पन शिखर ।
जय होस लाटा गन्याप – जय भुमद्योली
जहोस सीमका लाटा – जय होस् कलारी ।
जय सोस् असिग्राम – जय कैलपाल ।
जय होस् दउपाल – जय निरपाल ।
जय होस् बाठपाल – सउपाल जय ।
जयहोस नङरी लाटो – दुर्गा माता जय ।
जय होस् मष्ठा देव – जय भागेश्वर ।
जय होस् मसानीको – जय घण्टेश्वर ।
जय होस् यहाँका सबै – देवी देवताको ।
जय होस श्रदालु भक्त – जय तिर्थालुको ।
जयहोस पाठक वर्ग – कविता पढ्नेको ।
जयहोस कवितामा – कमेण्ट लेख्नेको ।
जय होस् टाढै बाट – तिर्थ सम्झनेको ।
मन्को इच्छा पूरा होस् – सेयर गर्नेको ।
✍️ मोहन पनेरु गन्यापधुरा ४, डडेल्धुरा