Khabar Ujyalo

बाजुरामा आफन्तबाटै एकल महिलामाथि करणी पछि कुटपिट

९ आश्विन २०८०, मंगलवार
बाजुरामा आफन्तबाटै एकल महिलामाथि करणी पछि कुटपिट

बाजुराः बाजुरामा एक एकल महिला आफन्तबाटै करणी भएको खुलेको छ। जगन्नाथ गाउँपालिकाकी उनलाई नातामा नाति पर्ने दिल बुढाले गत भदौ २२ गते राति सुतिरहेका बेला करणी गरेको आरोप लागेको हो।

 

करणीपछि आरोपितका घरका सदस्य आएर आफूमाथि कुटपिट समेत गरेको महिलाको दाबी छ। उनले आफूलाई मरसान्न हुनेगरि पिटिएकाले ३ दिनपछि मात्रै होस आएको बताइन्। कुटपिटबाट उनको शरीरमा निलडाम परेका छन्।

उक्त विषयमा उजुरी प्राप्त भइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। कार्यालयका निमित्त प्रमुख दानसिंह भन्डारीका अनुसार आरोपितको खोजी कार्य जारी छ।

 

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.