KhabarUjyalo

बझाङमा बलात्कारको आरोपमा १३ वर्षीय नाबालक पक्राउ

८ आश्विन २०८०, सोमबार
बझाङमा बलात्कारको आरोपमा १३ वर्षीय नाबालक पक्राउ

धनगढीः बझाङमा बलात्कारको आरोपमा १३ वर्षीय नाबालक पक्राउ परेका छन्।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ सुङ्ला बस्ने २८ वर्षीया अपाङ्ग महिलालाई जबरजस्ती करणी गरेको आरोपमा आइतवार १३ वर्षीय नाबालक पक्राउ परेका हुन्। ती महिलालाई आइतबार दिउँसो ३ बजे जबरजस्ती करणी गरी नाबालक फरार भएका थिए।

करणी गरी फरार भएका नाबालकलाई प्रहरी पोष्ट बगडगाँउबाट प्रहरी हवल्दार बिरबहादुर नाथको कमाण्डमा खटिएको टोलीले आइतवार साँझ ६ः३० बजे बालुवाटार नजिक पुरानो घरमा लुकेको अवस्थामा पक्राउ गरेको हो।

बुबाको निधन भइसकेको र आमा आइतवार डोटी गएका बेला नाबालकले यस्तो घटना घटाएको खुल्न आएको प्रहरी नायब उपरीक्षक भरत शाहले बताए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo