KhabarUjyalo

निर्दयी आमा: जसले तेस्रो बिहे गर्न ९ महिने छोरीलाई उखुबारीमा छाडिन्

७ आश्विन २०८०, आईतवार
निर्दयी आमा: जसले तेस्रो बिहे गर्न ९ महिने छोरीलाई उखुबारीमा छाडिन्

कञ्चनपुर: कञ्चनपुरमा आफ्नै शिशुको हातखुट्टा बाधेर फरार भएकी एक महिला परेकी छन् ।

बेलौरी नगरपालिका ७ स्याली खोला नजिकै सिंहपुरको उखुबारीमा शिशुको हातखुट्टा बाधेर छोडेर गएकी २७ वर्षीया शर्मिला चौधरीलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।

पक्राउ परेकी महिला पुनर्वास नगरपालिका वडा नम्वर २ अमरैयामा बस्दै आएकी थिइन् । उनले छोडेर गएको शिशुुलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेर उद्धार गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा शर्मिलाले तेस्रो विवाह गर्नका लागि शिशुलाई छोडेको खुलेको छ ।

शर्मिलाको ९ महिनाका शिशुु र ६ वर्षको अर्को सन्तान रहेको प्रहरीले जनाएको छ । बालकलाई प्रहरीबाट मामा घरकि हजुरआमाले बुझेर लगेको बेलडाँडीका इन्चार्ज प्रहरी निरीक्षक कृष्ण बहादुर कुवँँरले बताए ।

घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo