KhabarUjyalo

कैलालीको गोदावरीबाट पाँच जना जुवाडे पक्राउ

५ आश्विन २०८०, शुक्रबार
कैलालीको गोदावरीबाट पाँच जना जुवाडे पक्राउ

धनगढी, ५ असोज । कैलालीबाट पाँच जना जुवाडे पक्राउ परेका छन्।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ बाँस्कोटाका लोकबहादुर खड्काको पसलबाट उनीहरू पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीका अनुसार ५५ वर्षीय मनिराज महतासहित पाँच जना पक्राउ परेका हुन। उनीहरूको साथबाट २० हजार पाँच सय ७० रुपैयाँ बरामद गरिएको छ। उनीहरूको साथबाट तीन बुक ताससमेत बरामद गरिएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo