KhabarUjyalo

चन्द्र भण्डारीसहित ८ जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनीत

४ आश्विन २०८०, बिहीबार
चन्द्र भण्डारीसहित ८ जना काँग्रेस केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिमा ८ जनालाई मनोनीत गरेका छन्।

सभापति देउवाले बिहीबार गुल्मीका चन्द्र भण्डारी, अर्घाखाँचीका मानबहादुर विश्वकर्मा, पर्वतका अर्जुनप्रसाद जोशी, काभ्रेका शिवप्रसाद हुमागाईँ, बागलुङका किरणराज शर्मा पौडेल, रुपन्देहीका भरतकुमार शाह, कास्कीका शारदा पौडेल र पर्साका अनिलकुमार रूंगटालाई केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

०७८ मा भएको १४ औँ महाधिवेशनबाट सभापतिमा देउवा निर्वाचित भएका थिए। विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्ने हो। तर सभापति देउवाले १९ महिनापछि केन्द्रीय सदस्य मनोनीत गरेका हुन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo