KhabarUjyalo

जनप्रतिनिधि थाकेको भन्दै मण्डनदेउपुरमा सार्वजनिक बिदा !

४ आश्विन २०८०, बिहीबार
जनप्रतिनिधि थाकेको भन्दै मण्डनदेउपुरमा सार्वजनिक बिदा !

काभ्रेपलाञ्चोक। जनप्रतिनिधि र कर्मचारी थकित भएको भन्दै मण्डनदेउपुर नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ ।

संविधान दिवसको अवसरमा नगरपालिकाको नव निर्मित भबनवाट सेवा प्रवाह गर्दा कर्मचारी थकित भएको भन्दै मण्डनपुरले बिदा दिएको हो ।

‘बिगत तीन दिन देखी लगातार व्यवस्थापन गर्ने कार्यमा खटिदा सम्पुर्ण कर्मचारी तथा जनप्रतिनिधिहरु थकित भएका कारण मिति २०८० असोज ४ गते दिन नगरपालिकाको कार्यालय, यस अन्तरगतका कार्यालयहरु, विद्यालय लगायत सम्पूर्ण सरकारी तथा गैर सरकारी संस्थाहरुलाई बिदा गरिएको ब्योहोरा सबैको जानकारीका लागि यो सुचना प्रकाशन गरिएको छ,’ जारी सूचनामा भनिएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo