KhabarUjyalo

एक यात्रुलाई पखाला चलेपछि जहाजको आकस्मिक अवतरण

२३ भाद्र २०८०, शनिबार
एक यात्रुलाई पखाला चलेपछि जहाजको आकस्मिक अवतरण

एजेन्सी: एक यात्रुलाई जहाज झाडापखाला चलेपछि आकस्मिक अवतरण गरिएको छ ।

अमेरिकाबाट स्पेनका लागि उडेको डेल्टा एयरलाइन्सको उक्त जहाजका एकजना यात्रुलाई पखाला चलेपछि पाइलटले जहाज आकस्मिक अवतरण गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएको छ ।

गत शुक्रबार राति अमेरिकाको एटलान्टाबाट स्पेनको बार्सिलोनाका लागि उडान भरेको उक्त जहाज उडेको दुई घण्टापछि एक यात्रुलाई चरम रुपमा पखाला लागेसँगै पाइलटले सो जहाजलाई एटलान्टा विमानस्थलमै फिर्ता ल्याएर अवतरण गरिएको जनाएको छ ।

उक्त जहाज पुनः उडाउनका लागि ८ घण्टाको समय लागेको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo