काठमाडौ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् ।
आज काठमाडौमा पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले सो कुरा बताएका हुन् ।
उनले भने,‘पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफनै पार्टीभित्र विद्रोह गर्नुपर्ने बेला आएको छ। पार्टीलाई ठीक ठाउँमा पुयाउनुपर्ने बेला आएको छ ।, नभए त पार्टी त केवल सत्ताको हतियार मात्र हुनेभयो । केको लागि पार्टी बनाएको भन्दा त चुनाव जित्न मात्रै भयो ।’

