KhabarUjyalo

एकीकृत समाजवादीले १७ सिट पाउने सहमति, सुदूरपश्चिममा ३ सिट

१३ आश्विन २०७९, बिहीबार
एकीकृत समाजवादीले १७ सिट पाउने सहमति, सुदूरपश्चिममा ३ सिट

काठमाडौं । सत्ता गठबन्धनबाट चुनाव लड्न एकीकृत समाजवादीले १७ सिट पाउने भएको छ। सत्ता गठबन्धनको बुधबार बसेको बैठकले समाजवादीलाई १७ दिन दिने करिब सहमति भएको हो ।

जसअनुसार समाजवादीले इलाम १, रौतहट १, बारा ४, धादिङ १, काठमाडौं ८, ललितपुर २, मकवानपुर २, कास्की २, गुल्मी २, पाल्पा २, रुपन्देही २, दाङ १, डोल्पा, दैलेख १, अछाम १, बझाङ र डोटीको निर्वाचन क्षेत्र दिइने भएको हो ।

तर, ती मध्ये केही निर्वाचन क्षेत्रमा अन्य पार्टीले दाबी गरेकाले अन्तिम रुप दिन बाँकी रहेको छ । बारा ४, धादिङ १, अछाम १ मा छलफल गरेर अन्तिम रुप दिइने नेताहरुले बताएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo