KhabarUjyalo

गोकुल बास्कोटा कांग्रेस नेतालाई उस्काउदै: गगनको आलोचना, गुरुराजको प्रसंंशा

१२ आश्विन २०७९, बुधबार
गोकुल बास्कोटा कांग्रेस नेतालाई उस्काउदै: गगनको आलोचना, गुरुराजको प्रसंंशा

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल प्रसाद बास्कोटाले नेपाली कांग्रेसका नेतालाई उस्काउन लागेका छन् ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा कांग्रेस नेता गुरु घिमिरेप्रति सहानुभूति देखाएका छन् भने कांग्रेसका महामन्त्री गगन थापाको आलोचना गरेका छन् ।

‘कांग्रेसमा गगनले आफ्नो रक्षाको राजनीति गरेको देखियो जुन अक्सर नेपाली नेताहरुले गर्दै आएको सनातनी कर्म हो,’ नेता बास्कोटाले भनेका छन्, ‘तर चुपचाप र शान्त देखिने गुरू घिमिरेले दलीय राजनीतिको वास्तवीक मर्मरक्षाको राजनीति गरेको देखियो ।’

घिमिरेले दलिय राजनीतिको वास्तवीक मर्मरक्षा गरेपनि फाइदा भने थापाले नै लिने उनले जनाएका छन् । ‘गुमाउन त गुरुले नै गुमाउछन तर गगनसामु गुरुले स्पस्ट रुपमा काडा छाप छोड्ने भए,’ नेता बास्कोटाले लेखेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo