काठमाडौ : साझा विवेकशील पार्टीका पूर्व अध्यक्ष रवीन्द्र मिश्र राप्रपा प्रवेश गरेका छन्
बुधवार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा मिश्र राप्रपा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रममा बटुकले स्वस्ती वाचन गरेका थिए । कार्यक्रममा घण्ट र शंख बजाइएर स्वागत गरेका थिए ।
घोषणापत्रमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र मिश्रले हस्ताक्षर गरे । त्यसपछि उनीहरुले एक अर्कालाई माला लगाए ।
मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष भएका छन् ।

