काठमाडौ : नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् । समानुपातिक बन्दसूची सच्याउन र आफ्नो पक्षलाई प्रत्यक्षतर्फ न्यायोचित सिट दिन माग गर्दै कोइराला समुहले आजबाट धर्ना दिएका हुन् ।
धर्ना कार्यक्रममा कोइराला समुहका मुख्य नेता सहभागी भएका छैनन् । संस्थापन पक्षले समानुपातिक बन्दसूची बनाउँदा एकलौटी गरिएको भन्दै कोइराला पक्ष गत शुक्रबारदेखि आन्दोलित छ । शनिबार खबदारीसभा गरेको उक्त समूहले आन्तरिक छलफल पनि गरिरहेको छ ।
समानुपातिक बन्दसूची नसच्चिए निर्वाचन बहिस्कारसम्म जाने कोइराला पक्षको चेतावनी छ । कोइराला पक्षको विरोधपछि समानुपातिक बन्दसूची सच्याउने सभापति शेरबहादुर देउवाले आश्वासन दिएका छन् ।

