KhabarUjyalo

आज राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

१२ आश्विन २०७९, बुधबार
आज राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दै छन्।

राष्ट्रिय सभागृह काठमाडौंमा हुने एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्। कार्यक्रम आज दिउँसो १ बजे हुँदै छ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिएका थिए।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रहेका मिश्रले यसअघिनै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलगिएका थिए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo