Khabar Ujyalo

७०० बर्ष पुरानो पिपलको रुखसहित धार्मिक र पर्यटकिय क्षेत्र समेटिएको शिखरको वृत्तचित्र (भिडिओ)

१० आश्विन २०७९, सोमबार
७०० बर्ष पुरानो पिपलको रुखसहित धार्मिक र पर्यटकिय क्षेत्र समेटिएको शिखरको वृत्तचित्र (भिडिओ)

धनगढी : सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा लागेका साइकल यात्री भरतविक्रम शाहले डोटीको शिखर नगरपालिकाभित्रका धार्मिक तथा पर्यटकिय क्षेत्रलाई समेटिएर बनाइएको वृत्तचित्र सार्वजनिक गरेका छन् ।

प्रचारप्रसारमा नहुदा ओझेलमा परेका धार्मीक एवं पर्यटकिय क्षेत्रको प्रवर्द्धन गने उदेश्यले पर्यटकीय तथा धार्मिक क्षेत्रका वृत्तचित्र बनाउने गरेको शाहले बताए।  धार्मिक प्रचलनहरु र कथाहरु संकलन गरेर विभिन्न स्थानको बृत्तचित्र बनाउने क्रममा शिखर नगरपालिका डोटीको १-२ वडामा पर्ने धार्मिक क्षेत्र, सेती नदी, भागेश्वरको मन्दिर, सालमुनि, म्याङ्गो रिसोर्ट, ७०० वर्ष पूरानो पीपल, मुडेगाउँ, गौरा पर्व र कफल्लेकी जाँतका बारेमा जानकारी दिइएको छ।

वृत्तचित्र फारवेस्टर्न राइडर नामक युट्यूब च्यानलबाट सार्वजनिक भएको छ। उक्त वृत्तचित्रले पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको शाहले बताएका छन्।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.