डडेल्धुरा : गन्यापधुरामा सिड्स नेपालले अर्थतन्त्र गतिशिलताका लागि नगदेबालि अभियान थालेको छ । UNDP सिड्स नेपाल र गन्यापधुरा गाउँपालिकाको सयुक्त साझेदारीमा संचालित हरित उत्थनशिलता तथा समावेशी कोभिड प्रतिकार्य परियोजना अन्तर्गत गन्यापधुरामा नगदेबालि अभियान थालिएको हो ।
जसअन्तर्गत पालिकाकाे वडा नं १ मा नगदेवाली आलु खेतीलाई व्यावसायिक रुपमा अगाडि बढाउन ७० परिवारलाई बिउ, कृषि सामाग्री, मलखाद तथा औषधि वितरण गरेको छ । भत्काडामा १४ परिवार, भेटामा १० परिवार र खाेलि र चिरामा २३/२३ परिवार गरि ७० परिवारलाई व्यवसायिक आलु खेतिमा लाग्न प्रेरित गर्ने उद्देश्यले प्रती परिवार १.५ क्विन्टल आलुकाे बीउ, स्प्रेट्याङ्कि, गार्डेनपाईप, स्प्रिङ्कलर, आवश्यक मलखाद तथा औषधि र समुहमा २ वटा हाते ट्याक्टर वितरण गरिएकाे परियाेजनाका संयाेजक देविलाल उपाध्यायले वताए ।
उक्त सामग्री हस्तान्तरण कार्यक्रममा सिड्स नेपालकी अध्यक्ष शारदा रावलकाे अध्यक्षतामा, गाउपालिका उपाध्यक्ष ज्ञानु सेठि देउवाकाे प्रमुख आतिथ्य र गाउँपालिका कृषिशाखा प्रमुख याेगेन्द्र प्रशाद पाण्डेकाे सहभागितामा संचालन भएकाे परियाेजनाका संयाेजक उपाध्यायले वताए ।
आलु खेति कार्यक्रमबाट लाभान्वित समुदायले बार्षिक १५० हजार आम्दानि गर्ने लक्ष्य लिईएकाे परियोजना संयोजक उपाध्यायले बताए ।