KhabarUjyalo

पार्टीभित्र ४० प्रतिशत सीट नपाए चुनाव बहिस्कार गर्ने कोइराला समूहको चेतावनी !

८ आश्विन २०७९, शनिबार
पार्टीभित्र ४० प्रतिशत सीट नपाए चुनाव बहिस्कार गर्ने कोइराला समूहको चेतावनी !

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहले पार्टीभित्र ४० प्रतिशत सीट समानुपातिक र प्रत्यक्ष दुबैतिर नपाए चुनाव बहिस्कार गर्ने भएको छ ।

शेखर कोइराला समूहले समानुपातिकको बन्दसूची नसच्याए र प्रतिनिधिसभाको टिकट वितरणमा अन्याय कायमै रहे विद्रोहको चेतावनी दिएको छ ।

राजधानीमा शनिबार खबरदारी सभामा बोल्दै पहिलो चरणमा विनम्रतापूर्वक आग्रह गरिएको र त्यसले नपुगेर आक्रोशको रूपमा खबरदारी सभा गरिएको भन्दै शेखर समूहका नेता गुरु घिमिरेले अब विद्रोह हुने बताए ।

‘नेपाली कांग्रेसभित्र अहिले समान्तवाद मौलाएको छ। एकलौटी रूपमा टिकट दिएर सबैलाई जिताउने तागत छ भने दिए हुन्छ। होइन भने सबैलाई न्याय गर्नुस्। हामी विनम्रतापूर्वक आग्रह गरिरहेका छौँ। सुनुवाई नभए विद्रोह गर्छौँ’, उनले भने । जगदिश्वरनर सिंह केसीले गठबन्धनका पाँच दल मिलाउन निरन्तर छलफल गर्नसक्ने सभापति शेरबहादुर देउवाले पार्टीलाई एकतावद्ध बनाउन १८ मिनेटपनि छलफल नगरेको बताए ।

सभापतिमा निर्वाचित भएपछि गुटको नभई सबैको नेता हुने बताए पनि देउवा त्यसभन्दा माथि उठ्न नसकेको भन्दै भने, ‘गठबन्धनका नेता रिझाउन १८ घण्टासम्म छलफल गर्ने हाम्रा सभापतिले हामीलाई १८ मिनेट पनि समय दिनुभएको छैन। उहाँ गुटभन्दा माथि उठ्न सक्नुभएन। समानुपातिकको सूची नसच्चिए हामी विद्रोह गर्छौँ ।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo