KhabarUjyalo

वालकोटमा केपी ओली र कर्ण मल्लबीच ३ घण्टा भेटवार्ता, चुनावी तालमेल गर्ने बारे छलफल

७ आश्विन २०७९, शुक्रबार
वालकोटमा केपी ओली र कर्ण मल्लबीच ३ घण्टा भेटवार्ता, चुनावी तालमेल गर्ने बारे छलफल

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेस (वीपी)का बरिस्ठ उपसभापति कर्णबहादुर मल्लबीच भेटवार्ता भएको छ । शुक्रबार एमाले अध्यक्ष ओली निवास वालकोटमा करिब ३ घण्टा लामो भेटवार्ता भएको हो ।

आगामी मंसिर ४ गते हुन प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा एमाले र (वीपी) काँग्रेससँगै चुनावमा जानेबारे छलफल भएको बताइएको छ ।

दुवै पक्षले एक–आपसमा गृहकार्य गरी चाडै टुंगो लगाउने सहमति पनि भएको बताइएको छ ।

कर्ण मल्ललाई कांग्रेसले पार्टीबाट सदस्य समेत नरहने गरि निष्कासित गरेपछि मल्ल विपी कांग्रेसमा प्रवेश गरेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo