KhabarUjyalo

राष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्कन एमाले नेताको आह्वान

७ आश्विन २०७९, शुक्रबार
राष्ट्रपति भण्डारीलाई पार्टी राजनीतिमा फर्कन एमाले नेताको आह्वान

एमाले पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कार्यकाल सकिएपछि राजनीतिमा फर्कन आह्वान गरेका छन् । बास्कोटाले आज सामाजिक सञ्जालमार्फत् राष्ट्रपति भण्डारीलाई राजनीतिमा फर्कन आह्वान गरेका हुन् ।

‘पूर्वराष्ट्रपतिले राजनीति गर्नु हुँदैन भन्ने कुनै कानुनी व्यवस्था छैन । राजनीतिबाटै उनीहरू रास्ट्रपति बनेका हुन्छन्,’ पूर्वमन्त्रीसमेत रहेका बाँस्कोटाले लेखेका छन्, ‘मेरो सिधा मत छ, वर्तमान रास्ट्रपतिले कार्यकाल सकिएपछि सोझै राजनीतिक नेतृत्व गरे अति राम्रो हुने थियो ।’

उनले एकमात्र पूर्वरास्ट्रपतिले पूर्वमान्यताअनुरूपको राजनीति गरिरहकोे भन्दै प्रथम राष्ट्रपति डा. रामवरण यादवमाथि कटाक्ष पनि गरेका छन् । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo