काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।
अधिवक्ता सुनील रन्जन सिंह राष्ट्रपतिविरुद्धको रिट लिएर बुधबार सर्वोच्च पुगेका हुन् । तर रिट दर्ता भएको छैन । सर्वोच्चले प्रशासनले दर्ता गर्ने वा नगर्नेबारे परामर्श गरेर बिहीबार जानकारी गराउने जनाएको सिंहको भनाइ छ ।
प्रतिनिधि सभा र प्रदेश सभाबाट दोस्रो पटक पारित भएको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण बारे राष्ट्रपतिले अस्वीकार गरेकी छन् ।

