काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसको घोषणापत्र लेखन समितिलाई विस्तार गरिएको छ । आसन्न निर्वाचनका गठित उक्त समितिलाई विस्तार गरिएको हो ।
पार्टी महामन्त्री विश्वप्रकाश शर्माको संयोजकत्वमा रहेको समितिमा ४१ सदस्य थप गरिएको छ । बुधबार सभापति शेरबहादुर देउवाले समितिलाई विस्तार गरेका हुन् ।
आउँदो मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र लेखन समितिमा ६ सहमहामन्त्रीलाई सदस्यका रूपमा राखिएको छ । सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङदेम्बे, महेन्द्र यादव, बद्रीप्रसाद पाण्डे, जीवन परियार सदस्यमा रहेका छन् । अर्थशास्त्री समेत रहेका स्वर्णिम वाग्ले, वाग्मती प्रदेशकी पूर्वप्रदेश प्रमुख एवं अधिकारकर्मी अनुराधा कोइराला, कवि एवं साहित्यकार विष्णुविभु घिमिरे कवि एवं गीतकार श्रवण मुकारुङलगायत व्यक्ति समिति सदस्यमा छन् ।

