सिरहा । जनमत पार्टीले राष्ट्रपतिको पुत्ला दहन गरेको छ । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको हो ।
आज बिहान सिरहामा पार्टीका नेता कार्यकर्ताहरूले पुत्ला दहन गरेको हो । विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति निर्णयलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् ।
दुवै सदनबाट पारित भएर १५ दिन अगाडि नागरिकता विधेयक शीतल निवास आएको थियो । तर सो विधेयक प्रमाणीकरण नगरी राष्ट्रपति कार्यालय मौन बसेको हो ।
यसअघि राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरी पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएका थिए । तर, संसद्ले कुनै हेरफेर नगरी पारित गरेर विधेयक पुनः राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

