सत्तारुढ गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान ८ः ३० बजेपछि बैठक सुरु भएको हो ।
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमका विषयमा मुख्य छलफल भइरहेको छ । संसद्का दुवै सदनले दोस्रो पटक पारित गरी पठाएको विधेयक पनि प्रमाणीकरण गर्न राष्ट्रपति भण्डारीले अस्वीकार गरेपछि सत्ता गठबन्धन रणनीतिक छलफलमा जुटेको छ ।

