KhabarUjyalo

गठबन्धनको सिट बाँडफाँटमा जुटेन सहमति, शीर्ष नेताको बैठक आज पनि बस्दै

५ आश्विन २०७९, बुधबार
गठबन्धनको सिट बाँडफाँटमा जुटेन सहमति, शीर्ष नेताको बैठक आज पनि बस्दै

काठमाडौं । मंसिर ४ गते हुने निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्ने भएको छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ८ बजे बस्ने भएको हो ।

बैठकमा गठबन्धनका शीर्ष नेताहरुका साथै कार्यदलका सदस्यहरुको पनि उपस्थिति रहने छ । यसअघि मंगलबार बसेको बैठकमा प्रतिनिधिसभातर्फ १६५ मध्ये सय सिटमा सहमति जुटेको नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले जानकारी दिए ।

अन्य ६५ सिट र प्रदेशको भागबण्डाका विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo