KhabarUjyalo

एमालेको समानुपातिकबाट बादल ‘आउट’, पत्नी ‘इन’

४ आश्विन २०७९, मंगलवार
एमालेको समानुपातिकबाट बादल ‘आउट’, पत्नी ‘इन’

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले नैनकला थापालाई प्रतिनिधिसभाको समानुपातिक उम्मेदवार बनाएको छ ।

एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ पत्नीसमेत रहेका थापालाई एमालेले समानुपातिकको बन्दसूचीमा अटेपनि बादल भने समानुपातिकको बन्दसूचीमा अटेनन् ।

एमालेले समानुपातिक उम्मेदवार छनोटमा यसअघि अवसर पाएका र पछिल्ला चुनावमा उम्मेदवार बनेकाहरुलाई समानुपातिकको बन्दसूचीमा नराख्ने मापदण्ड बनाएपछि राष्ट्रियसभा उपचुनाव हारेका बादल स्वतः सूचीबाट बाहिरिएका हुन् ।

एमालेले सोमबार साँझ निर्वाचन आयोगमा बुझाएको ११० जनाको सूचीमा पदाधिकारीहरु छैनन् । एक नेताका अनुसार उमा कोइराला, शान्ति खनाल, सुनिता बराल, मेनका पछाइ, भक्तकुमारी लामा, दीपा शर्मा, क्रान्ति बुर्लाकोटी लगायत पनि एमालेको बन्दसूचीमा अटाएका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo