KhabarUjyalo

राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री देउवा

३ आश्विन २०७९, सोमबार
राष्ट्रपति भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री देउवा

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शीतलनिवास पुगेका छन्। नागरिकता विधेयक पारित गर्ने समय सकिने अघिल्लो दिन प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगेका हुन्। 

संघीय संसद्‌का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो। प्रमाणीकरणका लागि पठाइएको मंगलबार १५ दिन पुग्दैछ। 

राष्ट्रपति कार्यालय स्रोतका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीका बीचमा अहिले नागरिकता विधेयक, मंसिर ४ को निर्वाचन र अन्य विषयमा कुराकानी भइरहेको छ। 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo