KhabarUjyalo

कांग्रेसका यी प्रभावशाली नेताले रोजे समानुपातिक

३ आश्विन २०७९, सोमबार
कांग्रेसका यी प्रभावशाली नेताले रोजे समानुपातिक

काठमाडौं : नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभामा आज समानुपातिक उम्मेदवारको बन्द सूची बुझाएको छ ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आज अपराह्न निर्वाचन आयोग पुगेर समानुपातिकतर्फ उम्मेदवारको सूची बुझाएका हुन् ।

कांग्रेसले अघिल्लो पटक समानुपातिकतर्फ उम्मेदवार बनेकाहरुलाई यसपटक समानुपातिकमै नदोहोर्‍यउने नीति लिएको छ । जसले गर्दा संसदमा फेरि प्रवेशका लागि उनीहरुलाई प्रत्यक्षतर्फ निर्वाचन लड्नुपर्ने बाध्यता छ ।

त्यस्तै, पाँच दलीय सत्ता गठबन्धनबीच चुनावी तालमेल हुने भएकाले पनि झण्डै आधा सिट कांग्रेसले छोड्नुपर्ने अवस्था छ । चुनावी गठबन्धनमा आफ्नो निर्वाचन क्षेत्र अर्काे पार्टीलाई छोड्नुपर्ने भएपछि कांग्रेसका प्रभावशाली नेताहरु समानुपातिकतर्फ उम्मेदवार बनेका छन् ।

कांग्रेसको समानुपातिक सूचीमा पूर्वउपसभापति विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ अटाएका छन् । त्यस्तै कांग्रेस सहमहामन्त्रीद्वय जीवन परियार र फरमुल्लाह मन्सुरसँगै केन्द्रीय सदस्य डा आरजू राणा देउवा, अम्बिका बस्नेत, प्रवक्ता डा. प्रकाशशरण महत, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी र आनन्द ढुंगानाको नाम पनि समानुपातिक सूचीमा रहेको कांग्रेसका एक नेताले बताए । कांग्रेसबाट समानुपातिकतर्फ सिफारिस भएका अन्य नेताहरुको नाम सार्वजनिक गरिएको छैन ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo