KhabarUjyalo

प्रदेश सरकारले के गर्‍यो भनेर थाहा पाउन गाउँ गएर विकास हेर्दा देखिन्छः मुख्यमन्त्री भट्ट

३ आश्विन २०७९, सोमबार
प्रदेश सरकारले के गर्‍यो भनेर थाहा पाउन गाउँ गएर विकास हेर्दा देखिन्छः मुख्यमन्त्री भट्ट

धनगढीः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सहरमा दुई चार जनाले कुरा काटेर केही फरक नपर्ने बताएका छन्। संविधान दिवसका अवसरमा सोमबार धनगढीमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

यस्तै उनले प्रदेश सरकारले केहीँ गरेन भन्ने आरोप खण्डन गरेका छन्। प्रदेश सरकार बनेपछि गाउँ गाउँमा विकास भएको र प्रदेश सरकारको काम गाउँमै देखिएको उनले बताए। ‘एकात्मक शासन व्यवस्था हुँदा र प्रदेश सरकार बनेपछि के परिवर्तन भयो भन्ने कुरा गाउँमा गएर हेर्दा देखिन्छ,’ उनले भने, ‘सहरमा दुई चार जनाले कुरा काटेर हुँदैन, परिवर्तन भएको पनि देख्नु पर्दछ।’

प्रदेश सरकार बनेपछि गाउँमा थोरै भए पनि राज्यको उपस्थिति भएको उनले बताए। विभिन्न कारणले गर्दा जनताले चाहे अनुसार काम नभए पनि गाउँ गाउँमा भने विकासको जग बसेको उनले बताए।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo