KhabarUjyalo

संविधान दिवसमा ९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न

३ आश्विन २०७९, सोमबार
संविधान दिवसमा ९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा ९९८ जनालाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।  पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरिएको छ । उनी संविधान जारी गर्दा प्रधानमन्त्री थिए । 

राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने,मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई  राष्ट्र गौरव सम्मानित गरिने भएको छ ।मन्त्रिपरिषद्को ३१ भदौको निर्णय अनुसार राष्ट्रपतिले विभूषणको घोषणा गरेकी हुन् । पदक पाउनेको नामावली गृह मन्त्रालयमार्फत सार्वजनिक भएको हो । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo