KhabarUjyalo

लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत कटाउँदैन, एक सिट पनि जित्दैनन् : ओली

२८ भाद्र २०७९, मंगलवार
लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत कटाउँदैन, एक सिट पनि जित्दैनन् : ओली

पोखरा (कास्की) । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर ४ मा हुँदै गरेको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एकीकृत समाजवादी)ले थ्रेसहोल्ड नकटाउने दाबी गरेका छन् । मंगलबार पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष ओलीले नेकपा (एस)प्रति यस्तो दाबी गरेका हुन् ।

अध्यक्ष ओलीले भनेका छन्, ‘यो भविष्यवाणी लेखेर राख्नुस्, माधव नेपालले ३ प्रतिशत पनि कटाउँदैन, एक सिटसम्म जिताइदिनु ।’ उनले चुनावसम्म पुग्दा माधव नेपालको पार्टीमा खास कार्यकर्ता नै नरहने दाबीसमेत गरेका छन् ।

यसका साथै उनले माओवादी आन्दोलन पनि असफल हुने बताए । अध्यक्ष ओलीले माओवादी केन्द्रमा अध्यक्ष पुष्पकमल दाहाद ‘प्रचण्ड’ र उनको परिवारबाहेक अरु कसैलाई फाइदा नपुग्न बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo