जनकपुरधाम – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई २०५ केजीको मालाले स्वागत गरिएको छ।
एमालेको नगर कमिटीले एमालेको जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन आएका ओलीलाई २०५ केजीको मालाले स्वागत गरेको हो।
यस्तै नेपाली कांग्रेस धनुषाका नेता सन्तोष यादव, प्रतिनिधिसभा सदस्य रुही नाज, प्रदेशसभा सदस्य अन्जु यादवलगायतका विभिन्न पार्टीका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।

