KhabarUjyalo

वालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

२७ भाद्र २०७९, सोमबार
वालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक जारी

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको शीर्ष नेताहरुको बैठक जारी छ ।

आगामी निर्वाचनमा सिट बाँडफाँडको अन्तिम रुप दिनका शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।

यसअघि सिट बाँडफाँडका लागि बनेको कार्यदलले पूर्णरुपमा निस्कर्ष दिन नसकेपछि आज शीर्ष नेताहरुको बैठक बसिरहेको हो ।

आजको बैठकले कार्यदलको प्रतिवेदनमाथि छलफल गर्ने र अन्तिम निष्कर्ष निकाल्ने तयारी छ ।

बैठकले सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्नेसमेत जनाइएको छ ।

गठबन्धनमा धेरै कुराहरु सहमति भइसकेको र बाँकी केही कुराहरुमा सहमतिको प्रयास भइरहेको नेताहरुको दावी छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo