KhabarUjyalo

सर्वोच्चको भवन निर्माणको ‘सेटिङ’मा केपी ओली र विष्णु पौडेलको नाम 

२६ भाद्र २०७९, आईतवार
सर्वोच्चको भवन निर्माणको ‘सेटिङ’मा केपी ओली र विष्णु पौडेलको नाम 

काठमाडौं– सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्चको भवन निर्माणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेललाई ‘मुछेका’ छन्।  महाभियोग लागेर निलम्बनमा रहेका राणाले आइतबार महाभियोग सिफारिस समितिलाई बयान दिने क्रममा ओली र पौडेलको नाम लिएका हुन्। 

समितिमा सोधिएको सर्वोच्चको भवन ठेक्का दिन ‘सेटिङ’ भएको भन्ने प्रश्नमा उनले ओली र पौडेलको पनि नाम मुछे। ५ अर्बको भवनमा राणाले टेन्डरकर्ता ४ मध्ये तीनलाई आयोग्य घोषणा गर्दै विनापुरी–कालिका समानान्तर जेभीलाई ठेक्का दिलाएका थिए। 

सर्वोच्च अदालतको भवन निर्माणमा धेरै मिहिनेत परेको उनले दाबी गरे। उनले विष्णु पौडेलतिर देखाउँदै तत्कालीन अर्थमन्त्रीले सहयोग गरेको र प्रधानमन्त्री केपी शर्मा ओलीको सहयोग गरेको बताए। राणाले कोभिडको समयमा सर्वोच्चको भवन बन्नपर्ने भनेर तत्कालीन समयमा बजेट निकालेर दिएका कारण यो भवन निर्माणको काम आफूले थालेको बताए। 

उक्त कम्पनीलाई बिनाप्रतिस्पर्धा ठेक्का दिलाइएको थियो। जसमा राज्यकोषको करिब १ अर्ब रकम ‘सेटिङ’ मिलाइएको आरोप छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo