KhabarUjyalo

देउवासँग संघीय चुनाव लड्ने कर्ण मल्लको घोषणा !

२४ भाद्र २०७९, शुक्रबार
देउवासँग संघीय चुनाव लड्ने कर्ण मल्लको घोषणा !

डडेल्धुरा : नेपाली कांग्रेस डडेल्धुराका पूर्व सभापति तथा नेपाली काग्रेस बिपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले शेरबहादुर देउवासँग चुनाव लड्ने घोषणा गरेका छन्।

शुक्रबार डडेल्धुरामा १०९ औं विपि जन्मजयन्ती तथा तथा बृहत् कार्यकर्ता भेला सहित विभिन्न सम्मान कार्यक्रमको अवसरमा काग्रेस बिपीका वरिष्ठ उपसभापति मल्लले नेपाली काँग्रेस (वि.पी.) का केन्द्रीय सभापति शुशिलमान शेरचनको प्रमख आथित्यतामा रहेको कार्यक्रममा नेपाली कांग्रेसका सभापति तथा प्रधनमन्त्री शेरबहादुर देउवासंग संघीय चुनाावमा डडेल्धुराबाट उम्मेदवारी लड्ने घोषणा गरेका हुन्।

नेपाली कांग्रेसले उनलाई पार्टी विरोधी गतिविधि गरेको भन्दै बैशाखमा नेपाली कांग्रेसको सदस्य समेत नरहने पार्टीबाट हटाइएको थियो । मल्ल दुई पटक नेपाली कांग्रेस डडेल्धुराको सभापति भएका थिए । भने २०७४ सालको प्रदेशसभाको निर्वाचनमा डडेल्धुराको ख क्षेत्रबाट निर्वाचित भएका थिए ।

नेपाली कांग्रेसले पार्टीबाट निष्कासित गरेपछि मल्ल काग्रेस बिपीमा प्रवेश गरेका थिए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo