KhabarUjyalo

भोलिसम्ममा सिट बाँडफाँट टुंगिन्छ, कांग्रेस ८०, माओवादी ६०, एस २५ सिट : प्रचण्ड

२१ भाद्र २०७९, मंगलवार
भोलिसम्ममा सिट बाँडफाँट टुंगिन्छ, कांग्रेस ८०, माओवादी ६०, एस २५ सिट : प्रचण्ड

धनगढी : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा सिट बाँडफाँटको टुंगो लाग्ने बताएका छन्। 

मंगलबार धनगढी विमानस्थलमा प्रचण्डले कार्यदलले आज साँझसम्म प्रतिवेदन बुझाउने र भोलि शीर्ष नेताको तहबाट सिट बाड्फाटलाई अन्तिम रूप दिइने बताएका हुन्।

गठबन्धन दलहरूमा आ-आफ्नो दाबी भए पनि सहमती नजिक पुगेको उनले बताए । उनले भने,

‘कांग्रेस एक सय सिट दाबी गरेको थियो ८० को वरिपरि आउने सम्भावना देखिएको छ। हामीले ६० भनेका छौं थोरै तलमाथि होला। समाजवादीको २५ वरिपरि हुनसक्छ। यसैकै आधार सबैजना बसेर टुंग्याउछौँ’ 

स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको र आगामी मंसिर ४ का लागि तोकिएको संघ र प्रदेश निर्वाचन पनि सम्पन्न गर्नुपर्ने दाहालको भनाइ थियो 

सुदूरपश्चिम प्रदेशमा पार्टीको अगुवा कार्यकर्ता प्रशिक्षणमा सहभागी हुने मंगलबार प्रचण्ड, नारायणकाजी श्रेष्ठ लगायतका नेता धनगढी पुगेका हुन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo