KhabarUjyalo

अछाम १ बाट डा.भीम रावल सर्वसम्मत सिफारिस

१९ भाद्र २०७९, आईतवार
अछाम १ बाट डा.भीम रावल सर्वसम्मत सिफारिस

धनगढीः अछामको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट डा.भीम रावलको नाम सर्वसम्मत सिफारिस भएको छ। आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधिसभातर्फ रावलको नाम सिफारिस गरिएको अछाम इन्चार्ज झपट बोहराले जनकारी दिए।

प्रदेश सभाका लागि क्षेत्र नम्बर १ को ‘क’ बाट प्रकाश शाह, देवबहादुर कुँवर, देवबहादुर साउँद र सीता कुँवर साथै ‘ख’ बाट कृष्णप्रसाद जैशी, केशरबहादुर साउँद,डीबी साउँद र पद्मा तिमिल्सिना न्यौपाने सिफारिसमा परेका छन्।

यसैगरी अछाम २ बाट पनि अघिल्लो पटक निर्वाचित भएका यज्ञबहादुर बोगटीको नाम एकलरूपमा सिफारिस गरिएको छ। प्रदेशसभातर्फ ‘क’ बाट ७ जना र ‘ख’ बाट ८ जना गरी १५ जनाको नाम सिफारिस गरीएको छ। ‘क’ बाट प्रत्यक्षतर्फ बम बहादुर बिसी, भीमबहादुर विष्ट, कमल रावल, बलबहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र शिद्धादेवी शाहीको नाम सिफारिस गरीएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo