बागलुङ — आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी तथा कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवालाई बागलुङ क्षेत्र नम्बर २ बाट पनि उम्मेदवार सिफारिस गरेका छन् । प्रत्यक्षतर्फ १० जना उम्मेदवार आकांक्षीको नामावली संकलन गरी सिफारिस पठाउने क्रममा देउवापत्नी पहिलो नम्बरमा परेकी हुन् ।
महाधिवेशन प्रतिनिधि तथा पूर्वक्षेत्रीय सभापति द्रोण कुँवर वारेस रहेर देउवाको नाम प्रस्ताव गरेका थिए । प्रस्तावपछि क्षेत्रीय समितिले देउवासहित १० जनाको नाम सिफारिस गरेको कांग्रेस क्षेत्रीय सभापति जोकलाल बुढाले बताए ।

