KhabarUjyalo

युग वृद्ध नेपालद्वारा सार्वजनिक शौचालयमा नि:शुल्क सेनटरी प्याड !

९ आश्विन २०७८, शनिबार
युग वृद्ध नेपालद्वारा सार्वजनिक शौचालयमा नि:शुल्क सेनटरी प्याड !

काठमाडौ : युग वृद्ध नेपालले सार्वजनिक शौचालयमा बाक्सा सहित नि:शुल्क सेनटरी प्याड उपलब्ध गराएका छन् ।

स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, नि:शुल्क महिनावारी प्याड अभियान’ भन्दै शुक्रबारदेखि देशभर नि:शुल्क सेनटरी प्याड अभियान थालेको हुन् । शनिबार काठमाडौंको भृकुटीमण्डपमा रहेका सार्वजनिक शौचालयमा बाक्सा सहित नि:शुल्क सेनटरी प्याड उपलब्ध गराएका हुन् ।

‘स्वास्थ्य क्षेत्रमा हाम्रो योगदान, नि:शुल्क महिनावारी प्याड अभियान’ को दोस्रो दिन काठमाडौंको भृकुटीमण्डपमा रहेका सार्वजनिक शौचालयमा बाक्सा सहित नि:शुल्क ५ सय सेनटरी प्याड राखिएको अभियानकी संयोजक आरती रिजाल जानकारी दिइन् ।

सरकारले प्याडमा लगाएको १० प्रतिशत भन्सार शुल्क र १३ प्रतिशत भ्याट बिरोध सहित युग वृद्ध नेपालले नि:शुल्क सेनिटरी प्याड अभियान थालेको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo