KhabarUjyalo

अब नेपालमै रोबोटको प्रयोगबाट न्युरो सर्जरी

२२ श्रावण २०७८, शुक्रबार
अब नेपालमै रोबोटको प्रयोगबाट न्युरो सर्जरी

काठमाडौं । स्वास्थ्य उपचारका पद्धति र प्रविधिमा नेपालले अगाडि पनि फड्को मारिरहेको छ । यही क्रममा नसा सम्बन्धी जटिल समस्याको उपचारमा अर्को एउटा प्रविधि भित्रिएको छ– क्रानियल रोबोट सर्जरी । नेपालमा पहिलोपटक काठमाडौं मेडिकल कलेज प्रा.लि. (केएमसी अस्पताल) ले यो प्रविधिमार्फत् उपचार सेवा सुरु गर्ने भएको हो । क्रानियल रोबोट सर्जरी सेवा सुरु गर्ने स्वास्थ्य संस्थामा केएमसी दक्षिण एसियामैै तेस्रो अस्पताल भएको दाबी गरिएको छ ।

के हो क्रानियल रोबोट सर्जरी 
क्रानियल रोबोट सर्जरी रोबोरटको सहायतामा नसासम्बन्धी कुनैपनि जटिल समस्याको सुरक्षित र सहज शल्यक्रिया गर्ने प्रविधि हो । यो प्रविधिमा न्युरो सर्जनले निर्देशन दिएअनुरूप रोबोटले नसामा भएको समस्यालाई थ्री डी इमेजको रूपमा देखाउँछ ।

रोबरोटले नशाको कुन भागमा समस्या छ भन्ने ठ्याक्कै पत्ता लगाउँछ भने सो स्थानमसम्म पाइप तथा शल्यक्रियाका अन्य उपकराणहरू पुर्‍याउन मद्धत गर्छ । यो प्रविधिले शल्यक्रिया अगाडि गरिएका परीक्षण र त्यसमा देखिएका समस्याहरूलाई एकीकृत गरी एकमुस्ट डाटा देखउनसक्छ । यसले शल्यक्रिया गर्दाको समयसम्म व्यक्तिको समस्या कुन अवस्थामा पुगेको छ भनी पहिचान गर्न सहज हुनेछ । 

कति खर्च लाग्छ ?
नेपालमा हालसम्म नसासम्बन्धी समयस्याको शल्यक्रियामा न्युरो न्याभिगेसन लगायतका उपचार प्रविधि प्रयोग हुँदै आएको छ । केएमसी अस्पतालका कार्यकारी अध्यक्ष डा. सुनिल कुमार शर्मा यी विधिको तुलनामा क्रानियल रोबोट सर्जरी केही महंगो हुन आएपनि आम नागरिकको आर्थिक पहुँचभित्र रहेर सेवा दिने बताउँछन् । 

डा. शर्माका अनुसार सामान्यतः  पाँच सयदेखि सात सय डलरभित्र रहेर नागरिकले क्रानियल रोबोट सर्जरीको सेवा लिनसक्नेछन् । अबको केही दिनभित्रै सेवा सुरु गरिने उनले बताए । आम नागरिकलाई गुणस्तरीय न्युरोसम्बन्धी समस्याको उपचारमा सेवा दिन अस्पताल केन्द्रित रहेकाले क्रिनियल सर्जरी सेवाको सुरुवात गरिएको डा. शर्माको भनाइ छ । अस्पतालबाट हालसम्म ६ हजारभन्दा बढीले न्युरो सर्जरी सेवा लिइसकेका छन् । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo