KhabarUjyalo

अझै भेटिएन्न कर्णाली नदीमा बेपत्ता भएका ५ जना !

२१ श्रावण २०७८, बिहीबार
अझै भेटिएन्न कर्णाली नदीमा बेपत्ता भएका ५ जना !

धनगढी,२१ साउन । कर्णाली नदीमा छट्टाछुट्टै घटनामा बेपत्ता भएका सुदूरपश्चिमका ५ जनाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । नदीको बहाव उच्च भएकाले खोजी कार्यमा कठिनाई भएपनि आफुहरुले भारतीय प्रहरी संगको समन्वयमा खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक  विश्व अधिकारीले बताए  । 

‘सामान्य तया २४ घण्टाको समयमा माथी आउनुपर्ने हो , तर धेरै दिन भईसक्यो । अझै पत्ता लागेको छैन्’ प्रहरी उपरीक्षक अधिकारीले भने, ‘हामीले भारतमा रहेको पानीको काउन्टर संगको समन्वय गरेर खोजी गरिरेका छौँ ।’ कैलालीका तीन र डोटीका दुई जना गरी कर्णालीमा ५ जना बेपत्ता भएका हुन् । गत शुक्रबार बा ११ च ९३८ नम्बरको जीप चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा दुर्घटना हुँदा कर्णाली नदीमा खसेको थियो।

जीपमा सवार तीन जनाको उद्धार गरिएको थियो भने डोटीको आदर्श गाउँपालिकामा बस्दै आएका चन्द्रप्रकास जोशी र उनकी श्रीमती रुवी जोशी बेपत्ता भएका थिए। उद्दार गरी कोहलपुर पुर्याइएका तीन बालबालिका मध्ये २ जना भने अस्पतालबाट डिस्चार्ज भईसकेको र एक जनाको भने उपचार जारी रहेको प्रहरीले जनाएको छ ।

यस्तै गत आइतबार कर्णालीमा डुंगा पल्टिँदा एक जनाको मृत्यु र थप तीन जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मोहन्याल गाउँपालिका–३ की १९ वर्षीया धनसरा सलामी मगरको मृत्यु भएको हो। कैलालीको मोहन्याल गाउँपालिका–३ राँगा पलेखा नजिकै दिउँसो १२ बजेतिर नदीमा डुंगा पल्टिँदा थप ३ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक अधिकारीले बताए ।

उनका अनुसार बेपत्ता हुनेमा सोही ठाउँका २० वर्षकी उर्मिला सलामी मगर, उनको १० दिनको शिशु र २० वर्षकी पार्वती थापा रहेका प्रहरीले जनाएको छ । सोही डुंगामा रहेका अन्य पाँच जना भने पौडिएर जोगिएका थिए ।  उनीहरु सुर्खेतको चौकुने गाउँपालिका–४ स्थित स्वास्थ्य चौकीमा बच्चालाई खोप लगाउन र उपचार गर्न गैरहेका बेला डुंगा दुर्घटना भएको हो। कर्णाली नदीमा वेपत्ता भएका ५ जनालाई जीवित उद्दार हुने आस भने मारिसकेको सुरक्षाकर्मीको भनाई छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo