काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई पूर्व आइजिपीहरूले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) लाई नसार्न आग्रह गरेका छन् ।
पूर्व आइजिपीहरूले प्रधानमन्त्री देउवालाई बालुवाटारमा भेटेर पुलिस एकेडेमीलाई काभ्रेमा सार्ने निर्णय खारेज गर्न आग्रह गरेका हुन्।प्रतिष्ठानलाई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद् बैठकले महाराजगञ्जबाट हटाएर काभ्रेमा सार्ने निर्णय गरेको थियो।
उक्त निर्णयलाई खारेज गर्न अनुरोध गर्दै पूर्वआइजिपी मोतिलाल बोहराको संयोजकत्वमा १४ जना पूर्वआइजिपीहरूको हस्ताक्षरसहित ज्ञापनपत्र बुझाएका छन्।
राष्ट्रपति कार्यालयलाई विस्तार गर्नका लागि एकेडेमी हटाउने निर्णय गरेपछि नेपाल प्रहरीका पूर्वआइजिपीहरूले विरोध गर्दै आएका छन्।