KhabarUjyalo

कोरोनाविरुद्धको जोन्सन खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने समस्या !

२० श्रावण २०७८, बुधबार
कोरोनाविरुद्धको जोन्सन खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने समस्या !

धनगढी : नेपालमा अमेरिकामा विकास भएको कोभिड-१९ विरुद्धको खोप जोन्सन एन्ड जोन्सनको खोप दिन थालिएको छ।
जोन्सन खोप एक पटक मात्र दिनु पर्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक खोपको मात्रा दिनु पर्दछ ।

जोन्सन ‘सिंगल डोज’ खोपका कारण थप केही साइड इफेक्टहरु देखिन गर्दछ ।

सामान्यतय खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, ज्वरो आउने, ज्यान दुख्न,टाउको दुख्ने,जोर्नी दुख्ने,थकाई लाग्ने,कमजोर भएको महसुस हुने, रिंगटा लाग्ने,भोक नलाग्ने जस्ता लक्षण धेरैमा देखिने गरेको छ । यस्ता लक्षण
एक दुई दिन निको हुने स्वास्थ्य विज्ञले बताएका छन् । यस्ता लक्षण देखिए सिटामोल खाए निको हुने सुझाव दिएका छन् ।

जोन्सन खोप लगाएको २ हप्तापछि कोरोना विरुद्ध शरिरमा एन्टिबडि तयार हुन्छ भने भेरोसेलको दोस्रो मात्राको खोप लगाएको २ हप्तापछी एन्टिबडी तयार हुन्छ ।

जोन्सन खोप अमेरिका,युरोप अष्ट्रेलियालगायत देशले मान्यता दिएको छ । भने भेरोसेल खोपलाई चिन,अरवियन,अफ्रीकन देशले मान्यता दिएको छ ।

एफडीएले भ्याक्सिनकै कारण लक्षण देखिएको भन्ने स्थापित भइनसके पनि कतिपय अवस्थामा पक्षघातका अवस्थासम्म पुगेका रिपोर्टहरुलाई नोट गरेको जनाएको छ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo