KhabarUjyalo

कोरोनाविरुद्धको जोन्सन खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने समस्या !

२० श्रावण २०७८, बुधबार
कोरोनाविरुद्धको जोन्सन खोप लगाएपछि ज्वरो आउने, टाउको दुख्ने समस्या !

धनगढी : नेपालमा अमेरिकामा विकास भएको कोभिड-१९ विरुद्धको खोप जोन्सन एन्ड जोन्सनको खोप दिन थालिएको छ।
जोन्सन खोप एक पटक मात्र दिनु पर्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक खोपको मात्रा दिनु पर्दछ ।

जोन्सन ‘सिंगल डोज’ खोपका कारण थप केही साइड इफेक्टहरु देखिन गर्दछ ।

सामान्यतय खोप लगाएपछि खोप लगाएको ठाउँमा दुख्ने, ज्वरो आउने, ज्यान दुख्न,टाउको दुख्ने,जोर्नी दुख्ने,थकाई लाग्ने,कमजोर भएको महसुस हुने, रिंगटा लाग्ने,भोक नलाग्ने जस्ता लक्षण धेरैमा देखिने गरेको छ । यस्ता लक्षण
एक दुई दिन निको हुने स्वास्थ्य विज्ञले बताएका छन् । यस्ता लक्षण देखिए सिटामोल खाए निको हुने सुझाव दिएका छन् ।

जोन्सन खोप लगाएको २ हप्तापछि कोरोना विरुद्ध शरिरमा एन्टिबडि तयार हुन्छ भने भेरोसेलको दोस्रो मात्राको खोप लगाएको २ हप्तापछी एन्टिबडी तयार हुन्छ ।

जोन्सन खोप अमेरिका,युरोप अष्ट्रेलियालगायत देशले मान्यता दिएको छ । भने भेरोसेल खोपलाई चिन,अरवियन,अफ्रीकन देशले मान्यता दिएको छ ।

एफडीएले भ्याक्सिनकै कारण लक्षण देखिएको भन्ने स्थापित भइनसके पनि कतिपय अवस्थामा पक्षघातका अवस्थासम्म पुगेका रिपोर्टहरुलाई नोट गरेको जनाएको छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo