KhabarUjyalo

राप्रपा सांसद सिंहद्वारा तिलगंगा आँखा अस्पताललाई एक वर्षको तलब प्रदान

२३ श्रावण २०८१, बुधबार
राप्रपा सांसद सिंहद्वारा तिलगंगा आँखा अस्पताललाई एक वर्षको तलब प्रदान

मकवानपुर- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद एवम् पूर्वाधार विकास समिति सभापति दिपक बहादुर सिंहले एक वर्षको तलब तिलगंगा सामु्दायिक आँखा अस्पताल हेटौंडालाई हस्तान्तरण गर्नुभएको छ ।

अस्पतालमा आयोजित एक कार्यक्रमका बिच सांसद सिंहले तिलगंगा सामुदायिक अस्पतालका कार्यकारी निर्देशक सन्दुक रुइतलाई ९ लाख ९९ सय हजार ९९ रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको हो ।

सांसद सिंहले आफूले पाउने एक वर्षको ६ लाख १२ हजार तलबमा ३ लाख ८७ हजार थप गरी अस्पताललाई प्रदान गर्नु भएको हो । निर्वाचनको समयमा नै जनताको करको पैसा आफूले नलिने तिलगंगा आँखा अस्पताललाई सहयोग गर्ने घोषणा गर्नुभएका सिंहले जनतालाई साक्षी राखेर गरेको बाचा पूरा भएको बताए ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo