KhabarUjyalo

भोलि एमाले अध्यक्ष ओली कञ्चनपुर आउँदै !

१४ भाद्र २०७९, मंगलवार
भोलि एमाले अध्यक्ष ओली कञ्चनपुर आउँदै !

धनगढी, १४ भदौ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली भोलि कञ्चनपुर आउने भएका छन् । संघीय सांसद र पूर्वमन्त्री लगायतका नेता कार्यकर्ताहरूलाई एमाले भित्र्याउन ओली कञ्चनपुर आउन लागेका हुन् ।

प्रतिनिधिसभा सदस्य बिना बुढाथोकी, नेकपा एकीकृत समाजवादीका निवर्तमान सुदूरपश्चिम अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोक चन्द, नेता वीर बहादुर बुढाथोकी लगायतलाई ओलीले भोलि एमालेमा स्वागत गर्ने कार्यक्रम रहेको छ ।

माओवादीबाट पनि ठूलो संख्यामा भोलि एमाले प्रवेश गर्ने जनाइएको छ । माओवादी केन्द्रका प्रभावशाली नेता नेता शङ्कर दत्त जोशी, मोहन गिरी लगायतका नेताहरू पनि एमाले प्रवेश गर्ने जनाएका छन् ।

कैलाली र कञ्चनपुरको संयुक्त आयोजनामा कञ्चनपुरको महेन्द्रनगरमा आयोजना हुने वृहत पार्टी प्रवेश कार्यक्रममा २ हजार बढी नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमाले कैलाली इन्चार्ज नारदमुनि रानाले जानकारी दिए ।

भोलि बिहान ११ बजे काठमाडौंबाट धनगढी आउने कार्यक्रम रहेको र महेन्द्रनगरको स्मारक चोकमा दिउँसो १ः०० बजे कार्यक्रम आयोजना हुने जनाइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo