KhabarUjyalo

कांग्रेसले भाउ खोज्यो भने एमालेसँग सहकार्य गर्न पनि सकिन्छ : प्रचण्ड

१२ भाद्र २०७९, आईतवार
कांग्रेसले भाउ खोज्यो भने एमालेसँग सहकार्य गर्न पनि सकिन्छ : प्रचण्ड

काठमाडौं -नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसले भाउ खोजे एमालेसँग तालमेल हुन सक्ने बताएका छन् ।

पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले संघ र प्रदेशको चुनावी तालमेलका क्रममा निहुँ खोजे एमालेसँग तालमेल गरेर अघि बढ्न सकिने बताएका हुन् ।

भदौ २० सम्ममा एक महिलासहित तीनजनाको नाम सिफारिस गर्न निर्देशन दिएको बैठकमा सहभागी एक नेताले बताए । उनले भने,’ प्रचण्ड कमरेडले संघ र प्रदेशबाट एक महिलासहित तीनजनाको नाम पठाउन निर्देशन दिनुभयो । कांग्रेसले भाउ खोज्यो भने एमालेसँग सहकार्य गर्न पनि सकिन्छ भन्नुभयो ।

प्रचण्डले निर्वाचनमा बाममोर्चा एक भएर जान सकिने विकल्प पनि अघि सारे । पार्टीको बागमती प्रदेशमा रहेका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको संयुक्त बैठकमा प्रचण्डले कांग्रेसले अफ्ठेरो पार्न खोजे वामहरुको मोर्चा बनाएर अघि बढ्न सकिने बताए ।

प्रचण्डको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने भने, ‘गठबन्धनभित्र पनि वाम दलहरु हुनुहुन्छ । बाममोर्चा बनाएर चुनावमा जान सकिन्छ । तर, हामी गठबन्धनमा प्रतिवद्ध छौं । कांग्रेस पनि हामीसँगै छ ।’

प्रचण्डले भने,‘अहिले हामीसँग वाममोर्चाको पनि विकल्प छ । वाममोर्चाका रुपमा हाम्रो चुनावी तयारी अगाडि बढाउन पनि सक्छौं ।’

प्रचण्डले माओवादीमा स्थानीय चुनावमा जस्तै अन्तर्घात भए पार्टी नै विघटन हुन सक्ने पनि बताए। ‘हाम्रोबीचमा खुट्टा तानातान र अन्तर्घात भयो भने पार्टी विघटन कसैले रोक्न सक्दैन’, उनले भने, ‘त्यसैले कमरेडहरुले ध्यान दिनुहोला।’

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo